images
images

सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

    काठमाडौँ / संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको जानकारी दिएका छन् । 

    images
    images
    images
    images

    सिंहदरबारमा बसेको बैठकपश्चात उहाँले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथाक्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन् । 

    उनले भने, ‘आजको बैठकमा दुईवटा संस्थामा प्रतिनिधित्व गर्ने दुइजना व्यक्तिसँग सोधपुछ गरियो । त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङसँग सोधपुछ गरेका छौ । दोस्रो, गोरखा सेभिङ तथाक्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौ ।’

    ऋणिहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ भन्ने दुवैको धारणा रहेको पनि उनले बताए । 

    यसको साथै, लालीगुरास र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार