images
images

जीवन बीमा कम्पनीको ठूलो बजार बागमती प्रदेशमा, अन्य कुन प्रदेशको बजार हिस्सा कति ?

जीवन बीमा कम्पनीको ठूलो बजार बागमती प्रदेशमा, अन्य कुन प्रदेशको बजार हिस्सा कति ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • जीवन बीमा कम्पनीको ठूलो बजार बागमती प्रदेशमा, अन्य कुन प्रदेशको बजार हिस्सा कति ?
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    नेपाल बीमा प्राधीकरणले सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षमा हाल सञ्चालनमा १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो एक वर्षको अवधिमा १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

    बागमती प्रदेशबाट सबैभन्दा धेरै आर्जन 

    प्रदेशगत हिसाबले हेर्दा जीवन बीमकहरुको ठूलो बजार बागमतीमै रहेको देखिन्छ। यी कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै ६९ अर्ब ६१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.४८ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

    अन्य कुन प्रदेशको बजार  हिस्सा कति ? 

    जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो १२ महिनामा कुल व्यापारको १५.५९ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले असारसम्म लुम्बिनी प्रदेशबाट २४ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १९ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.१७ प्रतिशत रहेको छ।

    असार मसान्तसम्म जीवन बीमकले गण्डकी प्रदेशबाट १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ, मधेश प्रदेशबाट १४ अर्ब १ करोड २८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ९ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ अर्ब २६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.१० प्रतिशत, मधेशमा ८.९५ प्रतिशत, सुदूपश्चिममा ५.९८ प्रतिशत र कर्णालीमा २.७२ प्रतिशत रहेको देखिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com