काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरु गरेको छ ।
बुधबार एक समारोहकाबिच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार औपचारिक रूपमा सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा शुभकामना उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।
उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।
सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।
साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरिय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्न सकिने जानकारी दिए ।
गैह्रिधारा–२, काठमाडौँमा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रूपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।