images
images

आइएमई र जीएमईको एकीकृत कारोबार सुरु, अध्यक्ष ढकालले भने “जनतालाई मालिक बनाउन पहल हुँदैछ”

आइएमई र जीएमईको एकीकृत कारोबार सुरु, अध्यक्ष ढकालले भने “जनतालाई मालिक बनाउन पहल हुँदैछ”

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • आइएमई र जीएमईको एकीकृत कारोबार सुरु, अध्यक्ष ढकालले भने “जनतालाई मालिक बनाउन पहल हुँदैछ”

    काठमाडौँ / आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्तरूपमा शुभारम्भ गरेका हुन् । 
    मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए । 

    images
    images

    डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए । सोहि अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । 

    अध्यक्ष ढकालले भने, “सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरू भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरू गरेको थियो ।” 

    जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पु-याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो, अध्यक्ष ढकालले उल्लेख गरे ।

    अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए । अध्यक्ष ढकालले भने, “जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।”

    रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विस्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।  

    सो अवसरमा एकीकृत कारोवार पश्चात आइएमई लिमिटेडका अध्यक्ष बनेका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक-आर्थिक रूपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रूपमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । 

    अध्यक्ष ढकालले  भने, “आइएमई र जीएमईबीचको एकीकृत कारोबार पश्चात् अवको सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीलाई सहज र सुलभ रेमिट्यान्स सेवा उपलब्ध गराउन थप सक्षम हुनेछौँ ।” 

    सेवाग्राहीहरूको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

    chandra dhakal.JPG 

    स्थानीय स्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्नेमात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यसका लागि रेमिट्यान्स कम्पनिहरूको कार्यक्षेत्र विस्तारमा सहयोग गर्न पनि अध्यक्ष ढकालले राष्ट्र बैंकसँग आग्रह गरे । 

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताए । 

    आइएमईमा गाभिएको जिएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया जापान लगायतका उदाउँदा श्रम गन्तव्यहरू लक्षित गरी सेवा दिइरहेको जिएमई रेमिटलाई सम्मानजनक रूपमा आइएमईमा गाभिन सफल भएको बताए । 

    एकीकृत कारोवार पश्चात् आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

    पौडेलले भने, “रेमिट्यान्स सेवामा प्रयोग हुँदै आएका र आउन बाँकी अन्य प्रविधिलाई कार्यान्वयन ल्याउने तथा डिजिटल रेमिट्यान्सको अवधारणालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । डिजिटल रेमिट्यान्स तर्फको रूपान्तरणले आइएमईको सेवालाइ थप चुस्त र सुलभ बनाउने छ ।” 

    आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा पारेको सकारात्मक योगदानको चर्चा गर्दै मर्जरपछि आइएमईले आफ्नो सेवालाई डिजिटलाइज्ड गर्र्दै थप चुस्त बनाउने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार