काठमाडौं / सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ ।
साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको हो । योसँगै नेप्सेको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा पनि गरिएको छ ।
नेप्सेले सम्पदा लघुवित्तको शेयर कारोबारका लागि प्रतिकित्ता १०५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । अब यही मूल्यमा यो लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
आज शुक्रबार शेयर कारोबार नहुने भएकोले अब सम्पदा लघुवित्तको नामबाट आइतबार शेयर कारोबार खुल्ने भएको हो। शेयर कारोबारका लागि नेप्से सम्पदा लघुवित्तलाई ‘एसएमपीडीए’ संकेत प्रदान गरेको छ ।