images
images

अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्ला ?

अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्ला ?

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्ला ?

    काठमाडौँ / नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार ठुलो साइजको अण्डा प्रतिक्रेट २० र मध्यम साइजको ३० रुपैयाँले घटेको हो । 

    मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेको थियो । 

    मूल्य घटेसँगै अब अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ कायम भएको हो । यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । 

    यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेले बताए । देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनको भनाइ छ । 

    किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको मञ्चले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार