काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य रेकर्ड मूल्यबाट घटेर १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।
यता, चाँदीको भाउ पाँच रुपैयाँले मात्रै घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पुगेको चाँदीलाई आज १ हजार ८ सय ३० रुपैयाँ पर्नेछ ।