images
images

ऋण लिएको प्रमाण जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु : रवि लामिछाने

ऋण लिएको प्रमाण जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु : रवि लामिछाने

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • ऋण लिएको प्रमाण जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु : रवि लामिछाने

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् । 

    images
    images

    हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेको सभापति लामिछानेले सहकारीको ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका हुन् । 

    “प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए” उनले भने, “प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।”

    चितवनको राप्ती नगरपालिकाको डडुवामा ज आयोजित पार्टी कार्यक्रममा सभापति लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’का नहोस् भन्ने कामना समेत गरे । 

    फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने उनले बताए । 

    “सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन’ चितवन क्षेत्र नम्बर–२ का सांसदसमेत रहेका लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

    भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए । 

    ‘संसदमै कडा प्रतिवाद गर्छौँ, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं’ उनले भने । 

    सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्याए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार