images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • images
    images
    गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरूको वित्तीय जानकारी अभिबृद्धिका लागि कम्पनीले शनिबार सो कार्यक्रमको आयोजना गरेको हो । 

    images
    images

    कार्यक्रममा महिलाहरूका लागि बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि-आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायतसम्बन्धमा जानकारी दिइएको थियो ।

    संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा नेशनल ईन्स्टिच्युट फर करियर डेभेलपमेन्ट तर्फबाट प्रतिनिधि, संस्थाका प्रमुख कार्यकारी अधिकृत  तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विगतदेखि नै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरूमा पनि यसै गरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।

    यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवाहरू समेत प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार