नेपाल बैंक लिमिटेडले टीकापुर शाखा आफ्नै स्वामित्वको भवनबाट सञ्चालन गरेको छ । बैंकले शुक्रबार उक्त शाखाको उद्घाट्न गरी बैकिङ्ग कारोवार सुरु गरेको हो ।
कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं. १ रारामार्गमा बैंक स्थापनाको ५० वर्षपछि आफ्नै स्वामित्वको भवनबाट बैकिङ्ग कारोवार सुरु भएको बैंकले जनाएको छ ।
नेपालको पहिलो बैंक समेत रहेको बैंकले देशैभरी रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्दै आएको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैकिङ्ग कारोवार गर्न सक्नेछन् ।
हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन भैरहेको छ । बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्ने कटिवद्ध रहेका छौं ।