images
images

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर नाडा अटो शो २०२४ मा लन्च, मूल्य कति ?

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर नाडा अटो शो २०२४ मा लन्च, मूल्य कति ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर नाडा अटो शो २०२४ मा लन्च, मूल्य कति ?

    काठमाडौँ / नाडा अटो शो २०२४ को अवसरमा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर लन्च भएको छ । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर लन्च गरेको हो ।

    images
    images
    images
    images

    कम्पनीले उक्त स्कुटरको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्ये एक हो । 

    युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाईन गरिएको यो स्कुटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ ।

    यस स्कुटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ, जसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ ।

    यसले स्कुटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ । साथै, यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ, जसले एकै नजरमा आवश्यक जानकारी प्रदान गर्दछ । 

    रातीको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलईडी हेडल्याम्पहरू थपिएका छन् । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ । 

    ठूलो १२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ ।

    डेल्टा अटोकोर्पका निर्देशक तथा सीईओ विजय के. महतोले भने, “हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं । प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता रहेको छ । नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ । ’’

    लन्चको साथमा, डेल्टा अटोकोर्पले नाडा अटो शो २०२४ का लागि ‘सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम’को घोषणा गरेको छ ।

    यो स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । साथै, शोको समयमा बुक गर्ने ग्राहकहरूले अनर २०० वा अनर २०० प्रो मोबाइल फोनको खरीदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्नेछन् ।

    अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै, नेपालमा १२५सीसी प्रिमियम स्कुटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार