images
images

इभी गाडि ‘जेइको जे सिक्स’को अफ–रोड टेस्ट ड्राइभ : शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित

इभी गाडि ‘जेइको जे सिक्स’को अफ–रोड टेस्ट ड्राइभ : शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • images
    images
    इभी गाडि ‘जेइको जे सिक्स’को अफ–रोड टेस्ट ड्राइभ : शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित
    images
    images

    काठमाडौँ / इलेक्ट्रिक गाडि ‘जेइको जे सिक्स’ले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ–रोड ट्रयाकमा ‘टेस्ट ड्राइभ’ सम्पन्न गरेको छ । ओमोडा र जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले शनिबार ‘जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर) टेस्ट ड्राइभ ‘एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सम्पन्न गरेको हो । 

    images
    images

    नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गर्न ‘टेस्ट ड्राइभ’ च्यालेन्जको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

    उक्त टेस्ट ड्राइभमा च्यालेन्ज विद्युतीय गाडीले नेपालको भूबनोटअनुसार अप्ठ्यारा र कठिन बाटोहरू सजिलै पार गर्न सक्छन् भन्ने उदाहरण भएको कम्पनीको भनाइ छ । 

    ट्रयाकलाई वास्तविक अफरोड यात्रामा जस्तै चुनौतिपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, धुलो, रकि एक्सपेरियन्सलगायत राखिएका थिए । उक्त ट्रयाकमा जे सिक्सले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा डर्ट–ट्र्याक च्यालेन्जका अलावा सहभागीहरू निःशुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ लगायत क्रियाकलापमा सहभागी भएका थिए । टेस्ट ड्राइभका लागि बाटोलाई विशेष रूपमा तयार पारिएको थियो । जसमा जेइको उच्चस्तरको क्षमता र शक्ति प्रदर्शनमा सफल भएको थियो । 

    सोही ट्र्याकमा नयाँ जेइको जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गर्न परीक्षा दिएको थियो।

    नयाँ जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर)लाई मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिमसहितको टायर साइज, बुम बक्स बेस स्पिकर्सलगायत विभिन्न सुविधाहरूले थप विशेष बनाएको छ । 

    Jecoo-Amoda.JPG

    यसमा ९ वटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज रहेको छ। एसपिजि अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित कम्पनी हो । 

    अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ प्रभावशाली पर्फमेन्स, अद्भूत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीको रूपमा स्थापित छ।

    एसपिजि अटोमोबाइल्सले साहसिक यात्राका लागि अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गइ नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयूभीको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार