images
images

बागमती प्रदेश : विषयगत समितिबाट दुई विधेयक पारित

बागमती प्रदेश : विषयगत समितिबाट दुई विधेयक पारित

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • बागमती प्रदेश : विषयगत समितिबाट दुई विधेयक पारित

    बागमती / बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुङ्गो लगाएका छन् । 

    बिहीबार बसेको प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुङ्गो लगाएको हो ।

    विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात  सर्वसम्मतबाट उक्त विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिए । 

    उक्त विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफल अघि बढ्न सकेको थिएन । 

    आजै बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास गरेको समितिका ठाकुरप्रसाद ढकालले जानकारी दिए । 

    स्वास्थ्य विधेयक लामो समयदेखि समितिमा विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभावित हुँदै आएको थियो । 

    भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार