images
images

टेक्सास कलेजमा आयोजित एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

टेक्सास कलेजमा आयोजित एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • टेक्सास कलेजमा आयोजित एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

    काठमाडौँ / काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भएको छ । 

    डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले भदौ १५ गते आयोजना गरेको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्कमाथि वृहत छलफल भएको थियो भने सम्बन्धित विज्ञहरूलाई एकै ठाउँमा ल्याएको थियो । 

    शनिबार बिहान ९ बजेदेखि सुरू भएको कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भर्चुअल रूपमा सम्बोधन गरेका थिए । उनले ग्रामीण विकासमा प्रविधिको भूमिका महत्त्वपूर्ण भएको बताउँदै कम्युनिटी नेटर्वक र डिजिटल पूर्वाधारलाई बलियो बनाउनु पर्नेमा जोड दिएका थिए । 

    यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले कम्युनिटी नेटवर्कको महत्त्व र नेपालको सीमान्तकृत तथा ग्रामीण समुदायहरूमा डिजिटल विभाजनलाई कम गर्नका लागि भइरहेको प्रयासलाई प्रकाश पारेका थिए ।

    कार्यक्रमा विशेष मन्तव्य राख्दै पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले डिजिटल नेपाल फ्रेमवर्कमार्फत आइसिटीलाई महिला सशक्तिकरण, किसानलाई सहयोग र शैक्षिक अवसर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।  


    त्यसैगरी इन्टरनेट सोसाइटीका क्षेत्रीय पूर्वाधार र कनेक्टिभिटी निर्देशक नाभिद उल हकले दुर्गम क्षेत्रमा देखिएको कनेक्टिभिटी ग्याप कम गर्न आवश्यक रहेको बताए । सबैका लागि एफोर्डेबल इन्टरनेटमा जोड दिदै उनले एभरेस्ट कम्युनिटी नेटवर्कबाट हिमालय क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न पहल गरेको समेत जानकारी दिएका थिए । 

    कार्यक्रममा बोल्दै डिजिटल एम्पावरमेन्ट फाउन्डेसनका उपनिर्देशक सौरभ श्रीवास्तवले इन्टरनेट पहुँचमा लैङ्गिक असमानता रहेको उवगत गराउँदै डिजिटल समावेशीकरणलाई बढावा दिन कम्प्युनिटी नेटवर्क एक्सचेञ्जको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेका थिए । 

    काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले प्रविधिको क्षेत्रमा नेपालको उपलब्धि र देश विकासको यसको भूमिका बारेमा आफ्नो भनाइ राखेका थिए भने नेपाल टेलिकमका प्रबन्धक डा। शालिग्राम पराजुलीले स्थानीय सामग्री विकास, समावेशीता र जनचेतनामा इन्टरनेट टुलको प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । 

    त्यसैगरी समापन शत्रमा आफ्नो मन्तव्य राख्दै सांसद गगन कुमार थापाले नेपालको सबै ठाउँमा गुणस्तरीय इन्टरनेटको पहुँच पुर्‍याउन सबैले सहकार्य गर्नुपर्ने बताए । 

    यस्तै वुमन इन आईटीको अध्यक्ष गणकेशरी प्रधान र नेपालको पहिलो महिला इन्जिनियर प्रा। तिमिला यमी थापाले प्रविधि र डिजिटल इन्नोभेसनमा महिला नेतृत्व आवश्यकता रहेको बताएका थिइन् । 

    कार्यक्रमको समापन टेक्नोलोजी फर अलका अध्यक्ष चेन लामाले गरेका थिए । कार्यक्रमको समापनपछि नेपालको सम्पदा झल्काउने सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । 

    कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रमलाई इन्टरनेट सोसाइटी, डिजिटल एम्पावरमेन्ट फाउन्डेसन, सुबिसु केबलनेट, टेक्सास इन्टरनेशनल कलेज, नेपाल टेलिकम, लायन क्लब अफ काठमाण्डू साइबर वर्ल्ड, लजगा ह्यान्डिक्राफ्ट, एक अभियान, डाटा हब, हेलो वर्ल्ड, सबैका लागि टेक्नोलोजी, इन्डिया इन्टरनेट फाउन्डेसन, सूचना प्रविधि विभाग, नेपाल नेटवर्क अपरेटर्स ग्रुप, इन्टरनेट एक्सचेन्ज नेपाल लगायतको सहयोग तथा सहकार्य रहेको थियो । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार