images
images

ह्याविट्याट पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

ह्याविट्याट पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • images
    images
    ह्याविट्याट पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
    images
    images

    काठमाडौँ / सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रमुख प्रवद्र्धक रहेको, ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण शेयर जारी गर्ने भएको छ । 

    images
    images

    कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने भएको हो । 

    साधारण शेयर जारी गर्नका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । 

    शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    ह्याविट्याट पावर कम्पनीले निर्माण गर्दै गरेको, पाँचथर जिल्लामा अवस्थित, ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आ.व.को चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ, तथा आयोजना सम्पन्न गरिसक्दा प्रति मे.वा. लागत रु १९ करोड मात्र रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार