images
images

नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ, कुन ब्रान्डको कति ?

नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ, कुन ब्रान्डको कति ?

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ, कुन ब्रान्डको कति ?

    काठमाडौँ / गत हप्ताको भदौँ ११ गते मंगलबारदेखि यो हप्ताका भदौँ १६ गते आइतबारसम्म अर्थात ६ दिनसम्म चलेको नाडा अटो शोमा अटो सम्पन्न भइसकेको छ । 

    उपत्यकाको भृकृटीमण्डपमा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले १६औँ संस्करणको ‘नाडा अटो शो २०२४’मा व्यवसायीहरूले ४ हजार बढी गाडी बुकिङ भएको दाबी गरेका हुन् ।

    ४ हजारभन्दा बढी सवारीसाधन बुकिङ, 

    यस बर्षको अटो शो–मा ४ हजार युनिट भन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । ६ दिनसम्म चलेको नाडा अटो शोमा ४ हजर भन्दा बढी सवारीसाधन बुकिङ भएको व्यवसायीहरुले बताएका हुन् । व्यवसायीहरूको अनुसार यस बर्षको शो–मा इन्ट्री लेभलको ईभी कारमा सबैभन्दा धेरै आकर्षण देखिएको हो । 

    यस बर्ष चिनियाँ ईभी गाडीको दबदबा रहेको छ । नामी, डिपल, बीवाइडी, स्काइवेललगायत चिनियाँ ब्रान्डमा ग्राहकको आकर्षण देखिएको छ भने भारतीय ब्रान्ड टाटा पन्च ईभीमा ग्राहकको आकर्षण देखिएको छ । दुई पांग्रे सवारीसाधनमा भने इन्धन सवारीसाधनतर्फ ग्राहकको आकर्षण देखिएको छ ।

    कुन कम्पनीको कति ? 

    नामीः नेपालको लागि नामी गाडीको आधिकारिक बिक्रेता ‘मोरङ अटो वक्र्स (एमएडब्ल्यू) बृद्धि’ले ७ सय १७ युनिट बुकिङ भएको जनाएको छ । आइतबार सम्पन्न नाडा अटो शोमा सबैभन्दा धेरै बुकिङ भएको गाडीमा नामी नै हो । चिनियाँ अटो निर्माता डोङफेङ मोटर्सले उत्पादन गरेको यो गाडी अहिले नाडा अटो शोमा ई–१ ई–२ र ई–३ गरी तीन भेरियन्टमा उपलब्ध छ । 

    कम्पनीले ई–१ भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–२  भेरियन्टको ३१ लाख ९९ हजार र ई–३ भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसको सुरुआति भेरियण्टको गाडी किन्न जम्मा ६ लाख रुपैयाँ डाउन पेमेण्ट तिरे पुग्ने कम्पनीले जनाएको हो । यस्तै, सेरेसको २ सय १० युनिट र दिपालको १ सय ६५ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।

    बिवाईडीः बिवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले यस बर्षको अटो शोमा ७७० युनिटभन्दा बढी बुकिङ भएको दाबी गरेको छ । बिवाईडी एट्टो थ्री ४४५ युनिट र बिवाईडी डल्फिन ३२५ युनिट बुकिङ भएको कम्पनीले जनाएको हो ।

    टाटाः टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको अनुसार यो पटक ६५० युनिट बुकिङ भएको जनाएको छ । यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए । कम्पनीको अनुसार शो–मा पन्च ईभी ४७५ युनिट र टियागो ईभी १६९ युनिट बुकिङ भएको हो । 

    कुन कति बुकिङ भयो ? 

    ६ दिनसम्म चलेको नाडा अटो शोमा लक्ष्मी इन्टरकन्टिनेन्टले प्रदर्शनीमा राखेको हुन्डाईको १५० युनिट गाडी बुकिङ भएको छ भने सुजुकिको १८४ युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ । 

    पारामाउन्ट मोटर्सले प्रदर्शनी गरेको एमजी ३०० युनिट बुकिङ भएको छ । सारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स ३० भन्दा बढी र सारडा ग्रुप अन्तर्गतको एसपीजी मोटर्सले प्रदर्शनीमा राखेको ओमोडा तथा जेको जे सिक्स ३५० भन्दा बढी बुकिङ भएको जनाएको छ ।

    सांग्रिला मोटर्सअन्तर्गतको लिपमोटर सी–१० १७६ युनिट र सिट्रोन ४५ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। जी मोटर्स प्रालिले प्रदर्शनीमा राखेको स्काइवेल १२६ युनिट बुकिङ भएको कम्पनीले बताएको छ। एलआरआरले नेपाल भित्र्याएको बीएडब्लूको ब्रम्बी १२७ युनिट बुकिड भएको छ । 

    सिजी ग्रुपले प्रदर्शनीमा राखेका नेटा ४० युनिट, रिडारा २० युनिट,एक्सपेङ ९ युनिट, अवतार १० युनिट, आयोन १६ युनिट किङलङ १५ युनिट र केवाइसी २५ युनिट बुकिङ भएको छ भने शशिला मोटर्सले प्रदर्शनीमा राखेको हाइगर ६ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । अन्य केही ब्रान्डले भने बुकिङ संख्या खुलाएका छैनन् ।

    ८२ हजारले गरे अवलोकन

    ६ दिनसम्मको लागि आयोजना भएको उक्त मेलामा ८२ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका संयोजक अनुपकुमार बरालका अनुसार ६ दिनमा ८२ हजार ७४० जनाले स्टल भिजिट गरेका हुन् । यो संख्या गत बर्षको तुलनामा ८ हजार ४७९ जनाले धेरै हो । गत बर्षको शोमा ७४ हजार जनाले शोको अवलोकन गरेका थिए । 

    आयोजक बरालको अनुसार शोको पहिलो दिन अर्थात मंगलबार साढे ८ हजारले अवलोकन गरेका थिए । यस्तै, बुधबार १५ हजार, बिहिबार १५ हजार ५ सय र शुक्रबार १७ हजार २ सय जनाले र शनिबार १८ हजार ४९७ जनाले अवलोकन गरेका थिए भने अन्तिम दिन आइतबार ८ हजार २७३ जनाले स्टल भिजिट गरेको बरालले जानकारी दिए । 

    यस बर्षको नाडा अटो शो हेर्न राजदूतदेखि कलाकार, उद्योगी समेत पुगेका थिए । नेपालका लागि चिनियाँ राजदुत चेन सोङसमेत नाडामा पुगेका थिए । यस वर्षको नाडा अटो शोमा २३ चारपांग्रे, १९ दुईपांग्रे, १३ हल्का व्यावसायीक सवारीसाधनका ब्राण्डले प्रदर्शनी गरेका छन्। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन र ११ वित्तीय संस्थाले सहभागिता जनाएका थिए । शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार