images
images

नेपाल बैंकद्वारा नगद निक्षेप मेसिन सञ्चालनमा

नेपाल बैंकद्वारा नगद निक्षेप मेसिन सञ्चालनमा

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • नेपाल बैंकद्वारा नगद निक्षेप मेसिन सञ्चालनमा

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ । 

    images
    images
    images
    images

    बैंकले आफ्ना ग्राहकवर्गलाई सधैं नवीनतम डिजिटल र्बैकिङ सेवा प्रदान गर्ने उदेश्यले न्युरोड, धर्मपथ, काठमाडौँमा रहेको आफ्नो मूख्य शाखा कार्यालयमा पहिलो  नगद निक्षेप मेसिन उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । 

    सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने बैंकले जनाएको छ । 

    नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।  

    हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार