images
images

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभाशं घोषणा, बोनश र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभाशं घोषणा, बोनश र नगद कति ?

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभाशं घोषणा, बोनश र नगद कति ?

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । 

    images
    images

    जसमा ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

    उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती गरी बैंकको आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । 

    यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आव २०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।

    बैंकको शुक्रवार वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार