images
images

सुनको मूल्य उच्च बिन्दुमा : किन बढेको बढ्यै छ सुनको भाउ, अझै कति पुग्ला ?

सुनको मूल्य उच्च बिन्दुमा : किन बढेको बढ्यै छ सुनको भाउ, अझै कति पुग्ला ?

सन् २०२५ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ सय डलर पुग्ने अनुमान छ । त्यसो भयो भने १ लाख ६५ हजार पुग्न सक्ने

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • सुनको मूल्य उच्च बिन्दुमा : किन बढेको बढ्यै छ सुनको भाउ, अझै कति पुग्ला ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । पछिल्लो समय उच्च बिन्दुले बढ्दा सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

    images
    images

    शुक्रबार एकै दिन प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार रुपैयाँ नाघेको सुनको भाउ शनिबार सार्वजनिक बिदापश्चात आइतबार खुलेको बजारमा तोलामा ५ सय रुपैयाँ बढेको हो ।

    शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । 

    किन बढेको बढ्यै छ सुनको भाउ ? 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ बृद्धि हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारण हुन्छ । सुनको मूल्य घटबढ हुनुमा नेपालको भूमिका रहन्न ।

    अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्दै आएको छ । 

    अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ । 

    अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर घटाउने सझदारी गरेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेको बताए । 


    हाल फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेको छ । जुन दर २३ वर्षयताकै उच्च हो । उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतमा झार्ने रणनीतिअनुसार बैंकले बढाएको ब्याजले अर्थपूर्ण रूपमा काम गरिरहेको छ ।

    उनका अनुसार अमेरिकी केन्दीय बैंकले ब्याजदर १८ सेप्टेम्बरसम्ममा २५ देखि ५० पैसा डलरसम्म घटाउने 
    जुन निर्णय भइसकेको छ । 

    अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ।

    त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।

    ब्याज दर घटेपछि प्रतिफल नपाउने भन्दै लगानीकर्ताहरूले उक्त रकम झिकेर अन्य ठाउँ जस्तै, वन मार्केट, सेयर मार्केटलगायतमा लगाउँछन् । तर पछिल्लो समय सेयर मार्केट ओझेलमा परेको छ र अन्य व्यवसायमा पनि लगानी सुरक्षित नहुने देखेर लगानीकर्ताहरू सुनमा बढी आकर्षित भएका छन् । 

    अमेरिकी केन्द्रीय बैंकले २०२४ को सुरुदेखि ब्याजदर घटाइरहेको कारण सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । माग बढेसँगै सुनको भाउ बढेको उनले बताए । 

    उनले भने, “अन्तर्राष्ट्रिय व्यावसायिक विस्तारको क्रम साँघुरिएको छ र लगानी सुरक्षाका लागि सुन नै उपयुक्त विकल्प रहेको देखिन्छ ।” 

    उनका अनुसार रिजर्भ करेन्सीको रूपमा डलरको पोजिसन खस्किएको छ । “डलरको सट्टा सुनमा लगानी बढ्यो 
    विश्वका केन्द्रीय बैंकहरूले सुनको रिर्जभ बढाउन थाल्यो । जसले गर्दा सुनको माग बढिरहेको छ,” उनले भने । 

    त्यस्तै, हाल सुनको भाउ बढ्नुमा हमास र इजरायल तथा युक्रेन र रुस युद्ध रहेको उनले बताए । 

    विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरूबिचको युद्ध टुङ्गोमा नपुग्दा अर्थतन्त्र प्रभावित भएको उनको भनाइ छ । यसले गर्दा पनि अन्य क्षेत्र लगानीका लागि असुरक्षित हुँदा सुनमा लगानी बढेको हो । 
    यसैगरी, अमेरिकन मार्केटमा बेरोजगारी दर बढेका कारण मानिसहरूको ध्यान सुनतर्फ बढी गएको शाक्यले बताए । 

    “काममा व्यस्त हुँदा मानिसहरूको ध्यान सुनमा कम जान्छ तर अहिले मानिसहरू फुर्सदिला भएको र भविष्यमा सुरक्षित हुन पनि सुनमा लगानी बढाउन थालेको छन्,” उनले भने । 

    त्यस्तै, विश्व बजारमा सुनको भाउ बढ्नुमा होम सेल बढी हुन रहेको उनले बताए । शाक्यले भने, “होम सेल बढी भयो भने मानिसको हातमा बढी पैसा हुन्छ र त्यो पैसा सुनमा लगानी गर्छन् ।”

    अझै कति पुग्ला ? 

    शाक्यका अनुसार सुनको भाउ अहिले नै घटिहाल्ने अवस्थामा छैन । पछिल्लो समयको घट्नाक्रम हेर्दा अझै मूल्य माथि जानसक्ने उनको भनाई छ ।

    सन् २०२७ सम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ३ हजार डलर पुग्न सक्ने अन्तर्राष्ट्रिय अर्थविद्हरूले गरेको उनले बताए । 

    सन् २०२५ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ सय डलर पुग्ने अनुमान छ । त्यसो भयो भने १ लाख ६५ हजार पुग्न सक्ने उनले बताए । 

    "अन्य सेक्टरमा पनि लगानी गर्ने वातावरण छैन । त्यसैले सुनमा आर्कषण बढेको छ," उनले भने, "पछिल्लो समय सुनको माग बढिरहेको छ । अहिले नै मूल्य घट्ला जस्तो छैन ।"

    नेपाली बजारमा सुनचाँदी खरिद बिक्रीको सिजन सुरु भए पनि मूल्य आकाशिएपछि सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि पुगेको कारण बजार सुनसान रहेको उनले बताए । 

    यता, चाँदीको भाउ पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ रहेको चाँदीलाई आइतबार १ हजार ९ सय रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार