images
images

साल्ट ट्रेडिङ व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय, ६२ औं वर्षमा आइपुग्दा केके गर्यो  ?

साल्ट ट्रेडिङ व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय, ६२ औं वर्षमा आइपुग्दा केके गर्यो  ?

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • साल्ट ट्रेडिङ व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय, ६२ औं वर्षमा आइपुग्दा केके गर्यो  ?
    images
    images

    काठमाडौँ/  सार्वजनिक निजी साझेदारीमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन गत विहिबारदेखि ६२  औँ बर्षमा प्रवेश गरेको छ । ६२  औं वर्षको परिपक्क समयमा आइपुग्दा कर्पोरेशनले विभिन्न व्यवसायिक क्षेत्रमा पनि जिम्मेवारी लिएको छ । 

    सामाजिक सहकार्यमा पनि हातेमालो गर्दै आइरहेको छ । गत बिहीबार एक समारोहको आयोजना गरी कर्पोरेशनले आफ्नो ६२ औँ वार्षिकोत्सव पनि मनाएको छ । 

    वि.सं. २०२० भदौ २७ गते बिहीबार नेपालमा नूनको स्रोत नभएको कारण तत्कालिन अवस्थामा दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना भएको थियो । साल्ट ट्रेडिङको व्यवस्थापनको कार बस्तु नुन तेल जस्ता दैनिक उपभोग्य को अभावबाट नेपालीले गुज्रनु परेको छैन । सिन्डिकेट खेप्नु परेको छैन । 

    नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तु र रासायनिक मल उपलब्ध गराउँदै आएको कर्पोरेशनमा सरकारसहित निजी क्षेत्रको पनि लगानी रहेको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले के भने ?

    कपोरेशनको ६२औँ बार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्पोरेशनको भूमिकाका कारण केहि वस्तु बजारमा अभाव नै नभएको बताए । 

    वस्तु अभाव होला भन्ने डर सरकारलाई रहेको अवस्थामा साल्ट ट्रेडिङ सुन्ने वित्तिकै ढुक्क हुने अवस्था रहेको मन्त्री भण्डारीको आशय थियो ।

    “केहि कुरा सटेज हुँदा साल्ट ट्रेडिङ आम उपभोक्ता र सरकारको साथमा छ भन्ने अनुभुति हुने गरि काम गर्दै कृत्रिम अभावलाई समाधन गर्ने सवालमा पनि कर्पोरेशनले साथ दिँदै जाने विश्वास छ,” मन्त्री भण्डारीले भने । 

    उनले ट्रेड युनियनहरुले व्यवसायिक विकासका लागि योगदान दिन सके संस्थागत विकासले अझ गति लिने मन्त्री भण्डारीको भनाइ छ । 
    उनले नीतिगत रूपमा पनि कर्पोरेशनको सबलीकरणमा सरकारले कार्ययोजनासहित अघि बढ्ने जानकारी पनि दिए । 

    साल्ट ट्रेडिङ कर्पोरेशनकी सीइओ उर्मिला श्रेष्ठ


    सुपथ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् । 
    उनले कर्पोरेशन व्यावसायिक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको जानकारी दिइन् ।
    उनले भनिन्, “उपभोक्ताको घर दैलोमा सेवा दिएका छौँ । सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउँदा सेवा पुगेको छ । उपभोक्तालाई नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएका छौँ ।”

    कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पूरा गरेको छ ।
    सामाजिक सेवामा सक्रिय साल्ट ट्रेडिङ
    कर्पोरेशनले यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि मानव कल्याण समाज काभ्रेपलान्चोकलाई छनोट गरेको छ । संस्थालाई ताम्रपत्रसहित एक लाख रुपैयाँ नगद प्रदान गर्ने भएको छ ।

    कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएका अग्रजहरूको नाममा कर्पोरेसनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । संस्थाका आदर्श पुरुष हेमबहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जनप्रशासन संघसँगको सहकार्यमा केही समय अघि सम्पन्न भएको थियो ।


    कर्पोरेशनले नुन जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरू माझ सर्वसुलभ रूपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका ३, डोल्पाका समाजसेवी डिलबहादुर मल्लले आफ्नो स्वामित्वको तीन कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निःशुल्क दिएका छन् । 

    यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्पोरेशनका कर्मचारीका छोराछोरीलाई साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति प्रदेश कार्यालय भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई प्रदान गरिएको छ ।

    त्यस्तै, साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय काठमाडौँका कर्मचारी राजन लामाको छोरी निमासङ लामालाई प्रदान गरिएको छ ।

    छात्रवृत्ति दुई वर्षसम्म उपलब्ध हुने छ । कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वरप्रसाद साह, अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्तकुमार यादव तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय यामबहादुर मगरलाई हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार