images
images

विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम बिदाई

विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम बिदाई

आइतवार, पुस ७ २०८१
आइतवार, पुस ७ २०८१
  • विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम बिदाई
    images
    images

    अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ । ब्रेन क्यान्सरको चौँथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो ।

    नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए । 

    त्यस्तै, १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

    केहिबर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी ब्रेन क्यान्सरको सल्याक्रिया गरिसकेपछि, थप उपचारका लागि विगत ४/५ महिनादेखि  न्यूयोर्कमा रहिआएका थिए । 

    ब्रेन क्यान्सरको चौंथो स्टेज भएकोले बचाउन सक्दो प्रयास गर्दा पनि  अन्ततः प्राण घातक रोग क्यान्सरको कारण अस्ति डिसेम्बर १७ तारिख २०२४ का दिन बिहानको ५ बजे विवेकको  न्यूयोर्कस्थित Memorial Sloan Kettering Cancer Center मा उपचारको क्रममा दुःखद निधन भएको हो !

    उनलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै प्रयास गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा पाएको थियो । श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएकी सिर्जनाको प्रयासहरूले धेरैलाई प्रेरित गरेको छ ।

    विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको बताइएको छ । परिवारजनलाई गहिरो दुःख परेको यस घडीमा नेपाली समुदायले सहानुभूति व्यक्त गर्दै सहकार्य गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार