काठमाडौँ / केही दिन यता सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । हिजो आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज पुनः ५ सय रुपैयाँले बढेर यसअघिको रेकर्ड ब्रेक गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।
यसअघि प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय १५ रुपैयाँ पुगेको हो ।