images
images

इन्टरनेट कम्पनीहरूका दसैँ–तिहार अफर : छुटको घोषणा, उपहारदेखि कारसम्म जित्न सकिनेसम्म

इन्टरनेट कम्पनीहरूका दसैँ–तिहार अफर : छुटको घोषणा, उपहारदेखि कारसम्म जित्न सकिनेसम्म

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • इन्टरनेट कम्पनीहरूका दसैँ–तिहार अफर : छुटको घोषणा, उपहारदेखि कारसम्म जित्न सकिनेसम्म

    काठमाडौँ / नेपालीहरूको मुख्य चाडपर्व दशैं–तिहार नजिकिएसँगै इन्टरनेट कम्पनीहरूले पनि विभिन्न अफरह सार्वजनिक गरेको छ । 

    images
    images

    दसैँ–तिहारलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले छुट तथा उपहारको योजना सार्वजनिक गरिरहँदा इन्टरनेट सेवा प्रदायक कम्पनी पनि यसबाट पछि रहेनन् । 

    आफ्ना पुराना ग्राहक र नयाँ इन्टरनेट जडान गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले विभिन्न अफर सञ्चालनमा ल्याएका छन् । कुनै सेवा प्रदायकले छुटको घोषणा गरेका छन् भने कसैले विभिन्न उपहार दिने योजना ल्याएका छन् । 

    वर्ल्डलिंकमा ‘नामी’ कार जित्न सकिने 

    डिजिटल वालेट ‘खल्ती’बाट वल्डलिंकको इन्टरनेट बिल भुक्तानी गर्दा नम्मीको इभी कार जित्न सकिने अफर सार्वजनिक भएको छ। नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ । 

    यो अफर असोज ३० देखि पुष १० सम्म चल्ने छ। यस्तै यही अफरमा प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रोडक्ट जित्न सक्नेछन् भने बटका प्रोडक्टरूमा ५३प्रतिशत सम्मको अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशत सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन्। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्‍याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था रहेको र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन्।

    क्लासिक टेकको ‘तिमीलाई पनि मलाई पनि’ अफर

    क्लासिक टेकले रिफर अफर अन्तर्गत ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ। अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा, रिफर गर्ने र रिफरमार्फत इन्टरनेटआइपी टी।भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्टमा बोनास थपिने गरी उक्त अफर सार्वजानिक गरेको हो।  

    यसरी रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट आइपी टीभी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट आइपी टीभी बोनस साथै वाइफाइ सिक्स भएको डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले बताएको छ। 

    नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एम बिपी एसदेखि ३०० एम बि पी एससम्मको १ वर्ष को इन्टरनेट आइपी टीभी जडान गर्दा रिफर बोनस पाउने छन्। १२५ एम बि पि एस जडान गर्दा प्रति महिना ३०३ रुपैयाँ र २०० एम बि पि एस जडानमा प्रतिमहिना ५९१ रुपैयाँ लाग्नेछ। 

    डिशहोमको ‘खुसीको सेलिब्रेसन’ योजना

    डिशहोमले चाडपर्व लक्षित ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन् । २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक इन्टरनेट प्याकेजहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

    सुविसुको एक महिना निःशुल्क

    इन्टरनेट सेवा प्रदायक सुविसुले रिफर अफर ल्याएको छ । यो अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । यसमा एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार