images
images

टेलिकमले संविधान दिवसको अवसरमा भ्वाइस र डाटा प्याकेज अफर, शुक्रबारसम्म लागू हुने

टेलिकमले संविधान दिवसको अवसरमा भ्वाइस र डाटा प्याकेज अफर, शुक्रबारसम्म लागू हुने

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • टेलिकमले संविधान दिवसको अवसरमा भ्वाइस र डाटा प्याकेज अफर, शुक्रबारसम्म लागू हुने

    काठमाडौँ / नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ । 

    images
    images

    यस अन्तर्गत रू. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

    यसैगरी डाटा प्याकेज अन्तर्गत रू. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रू. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रू. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रू. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

    यही अफर अन्तर्गत रू. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । 

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । 

    आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार