images
images

कर्मचारी सञ्चय कोष ६३ औँ वार्षिकोत्सव मनाउँदै, सोमबार बिहान प्रभातफेरी

कर्मचारी सञ्चय कोष ६३ औँ वार्षिकोत्सव मनाउँदै, सोमबार बिहान प्रभातफेरी

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • कर्मचारी सञ्चय कोष ६३ औँ वार्षिकोत्सव मनाउँदै, सोमबार बिहान प्रभातफेरी

    काठमाडौँ / कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरीआयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

    images
    images

    कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरी कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो । 

    कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएका थिए ।

    कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आवद्ध छन् ।  

    यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।

    प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । 

    कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजना समेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार