काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर मोडिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिन्छ। गलत नगर्दा जता मोडियोस् के मतलब ?”
साथै, सभापति लामिछानेले नेपाली काँग्रेसका महामन्त्रीलगायतका केही नेताहरूप्रति व्यङ्ग्य गर्दै केही साथीहरूले प्रमाण छ भनेको भए पनि खासमा प्रणाम छ भनेको बताएका छन् । “केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए,” उनले भने “त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन् ।”
सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको दावी गरेका छन् । उनले भने, “समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?”
“संसदीय समितिले दिएको निष्कर्ष कतिपयलाई चित्त बुझेन। किन ? किनकि, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन,” उनले थपे ।