images
images

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

    काठमाडौँ / ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासन गर्ने भएको छ । 

    images
    images

    कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।

    बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    यस कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँका दरले १० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । विक्री प्रबन्धक नियुक्त भएसँगै अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति लिनका लागि प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ । 

    ठमेल प्लाजा होटल एण्ड सुइटस कम्पनी बिगत तीन वर्षदेखि सञ्चालनमा रहेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी हकप्रद शेयर विक्री गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार