images
images

'ट्यांक ३००' र 'ट्यांक ५००' एसयुभीको बुकिङ खुला, मूल्य कति ?

'ट्यांक ३००' र 'ट्यांक ५००' एसयुभीको बुकिङ खुला, मूल्य कति ?

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • 'ट्यांक ३००' र 'ट्यांक ५००' एसयुभीको बुकिङ खुला, मूल्य कति ?

    काठमाडौँ / जिडब्ल्युएम नेपालले बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ।

    images
    images

    यसमा लक्जरी ७ सिटर एसयुभी 'ट्यांक ५००' र ५ सिटर एसयुभी 'ट्यांक ३००' समावेश छन्, जसमा एचइभी प्रविधि समावेश गरिएको छ।

    ट्यांक ब्रान्डले जिडब्ल्यूएमको उच्च-स्तरीय अफ-रोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयुभीको नयाँ ट्रेन्ड सेट गर्ने लक्ष्य राखेको बताइएको छ।

    यसको लोगोमा रहेका 'टी' र 'यु' अक्षरहरूमा टीले ट्यांक ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने युले प्रयोगकर्ता (युजर) र एकता (युनाइटेड) को प्रतीक हो।

    कम्पनीका अनुसार ट्यांक ५०० र ट्यांक ३०० मोडलहरूलाई इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्यूजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ।

    जिडब्ल्युएमको नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

    ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.० लिटर टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन्, जसमा ९-स्पिड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८ किलोवाट पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन्।

    ट्यांक ३०० को मूल्य एक करोड ८५ लाख रूपैयाँ र ट्यांक ५०० को मूल्य दुई करोड २५ लाख रूपैयाँ तोकिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार