images
images

पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउन सन्देश पठाएका छन् । 
     
    आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका सञ्चालक जोशी  पक्राउ परेपछि उनले प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएका हुन् । 

    images
    images

    जोशीपछि प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई फर्केर आउएपछि बसेर संवाद गर्ने उल्लेख गरेका छन् । 


    लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।”

    सभापति लामिछानेले सरकारले सहकारी पीडितलाई न्याय दिने नियतले नभइ प्रतिशोध राखेको आरोपसमेत लगाएका छन् ।

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग हाल अमेरिकाको न्यूयोर्क पुगेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार