images
images

रोकिएन नेप्से गिरावट क्रम : सूचक ५९ अंकले घट्दा ५ अर्ब ६६ करोडको कारोबार, फाइनान्स समूहमा पहिरो

रोकिएन नेप्से गिरावट क्रम : सूचक ५९ अंकले घट्दा ५ अर्ब ६६ करोडको कारोबार, फाइनान्स समूहमा पहिरो

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • रोकिएन नेप्से गिरावट क्रम : सूचक ५९ अंकले घट्दा ५ अर्ब ६६ करोडको कारोबार, फाइनान्स समूहमा पहिरो

    काठमाडौँ / आइतबार सामान्य बढेको शेयर बजार आज सोमबार पुनः घटेको छ । गत हप्ता तीन दिन शेयर कारोबार हुदाँ तीन दिन नै शेयर बजार परिसूचक घटेको थियो । 

    images
    images

    तर, अघिल्लो कारोबारको दिन ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज भने ५९.०२ अंक अर्थात २.२८ प्रतिशतले घटेर २५२९.३३ बिन्दुमा पुगेको छ । 

    अघिल्लो कारोबार दिन नेप्से बढेपनि सोमबार सो बढावटले निरन्तरता पाएन। आइतबार अघिका तीन कारोबार दिन पनि नेप्सेमा लगातार गिरावट आएको थियो। सोमबार नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ। 

    सोमबार नेप्सेमा कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

    सोमबार कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

    सोमबार फाइनान्स समूहको सेयर मूल्यमा सर्वाधिक अर्थात् ५.५६ प्रतिशतको गिरावट आएको छ। यस्तै, होटल्स् एण्ड टुरिजम समूहको सेयर मूल्यमा ३.३४ प्रतिशतको गिरावट आएको छ। नेप्सेको अनुसार आज १३ वटै समूहको सेयर मूल्यमा गिरावट आएको छ।

    नेपाल फाइनान्सको शेयर कारोबार सबैभन्दा धेरै 

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिईडीबीको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    3.PNG

    हिमालयन हाइड्रोपावरका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् । 

    एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव १२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ५ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।

    1.PNG

    ३ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट 

    आज सबैभन्दा धेरै गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्र्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार