images
images

हुलास फिनसर्भले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

हुलास फिनसर्भले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • हुलास फिनसर्भले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौँ / हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर सार्वजनिक निष्काशन मार्फत २० लाख ७५ हजार साधारण शेयर  (आइपीओ) निष्काशन गर्ने भएको छ । 

    images
    images

    उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी गराएका छन् । 

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार