images
images

आगामी बिहीबारसम्म नै यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी बिहीबारसम्म नै यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • आगामी बिहीबारसम्म नै यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

    हाल देशभर आंशिक देखि साधारणतया बदली  रहेको छ। कोशी, बागमती र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।  

    मङ्गलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  मङ्गलबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। 

    कोशी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    सुदूरपश्चिम प्रदेशका थोरै तथा  कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    बुधबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती, र गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    बिहीबार दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सुदूरपश्चिम प्रदेशका थोरै तथा  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। 

    कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    हावाहुरी र भारी वर्षाको पनि सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार