images
images

५८.९३ अंकले घटेको बजारमा ५ अर्ब ६८ करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

५८.९३ अंकले घटेको बजारमा ५ अर्ब ६८ करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • ५८.९३ अंकले घटेको बजारमा ५ अर्ब ६८ करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेको अनुसार आज नेप्से परिसूचक ५८.९३ अंक अर्थात २.३३ प्रतिशतले घटेर २ हजार ४ सय ७०.३९ बिन्दुमा उक्लिएको छ । 

    images
    images
    images
    images

    सोमबार नेप्से ५९.०२ अंक अर्थात २.२८ प्रतिशतले घटेर २५२९.३३ बिन्दुमा पुगेको छ । यस्तै, आइतबार भने नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको थियो । 

    नेप्सेको अनुसार आज सेन्सेटिभ इन्डेक्स ९.५२ अंक अर्थात २.०९ प्रतिशतले घटेर ४४४.८८ बिन्दुमा पुगेको छ भने फ्लट इन्डेक्स ३.९४ अंक अर्थात २.२६ प्रतिशतले घटेर १७०.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज ३.२८ अंक अर्थात २.१९ प्रतिशतले घटेर १४६.१२ बिन्दु कायम भएको छ । 

    आज मंगलबार ३०९ ओटा कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ । 

    अघिल्लो कारोबारको दिन अर्थात सोमबार नेप्सेमा कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार भने नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

    आज १० कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ वटाको घटेको छ। यस्तै एक कम्पनीको मूल्य स्थिर रहेको छ।यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १३ वटा परिसूचक नै घटेको छ । 

    आज सबैभन्दा धेरै फाइनान्स सूचकांक ४.६० प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक सूचकांक ३.०३ प्रतिशत, इन्भेष्मेन्ट सूचकांक २.९८ प्रतिशत, जलविद्युत सूचकांक २.८० प्रतिशत र होटल वा पर्यटन सूचकांक २.६६ प्रतिशतले घटेको छ । 

    त्यसैगरी, बैंकिङ्ग सूचकांक २ प्रतिशत, जीवन बीमा १.२२ प्रतिशत, निर्माण व प्रशोधन १.९५ प्रतिशत, लघुवित्त सूचकांक २.३८ प्रतिशत, म्युचुअल फण्ड ०.४४ प्रतिशत, गैर जीवन बीमा १.३९ प्रतिशत, अन्य सूचकांक २.७९ प्रतिशत, टेडिङ्ग सूचकांक २.०७ प्रतिशतले घटेको छ । 

    एनएलजी इन्स्योरेन्सको शेयर कारोबार सबैभन्दा धेरै 

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको २१८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस्तै, सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँ, अपी पावरको १३ करोड ५५ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ११ करोड ६१ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको ११ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    यस्तै, अरुण भ्याली हाइड्रोपावरको ११ करोड २७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ८४ लाख रुपैयाँ, एचआईडीसीएलपीको १० करोड ९ लाख रुपैयाँ र एचआईडीसीएलको ९ करोड ३२ लाख रुपैयाँ शेयर कारोबार भएको नेप्सेमा छ । 

    सरोजगार लगुवित्तका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै सरोजगार लगुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८१ प्रतिशत का दरले कमाएका छन् । अपर स्याङगे हाइड्रोका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् । नविल ग्रोथ फन्डका इकाईनीले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।

    यस्तै, इन्गवा हाइड्रोका लगानीकर्ताले ४.१४ प्रतिशतका दरले कमाएका छन् भने, नविल ब्यालेन्स फन्डाका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले कमाएका छन् । 

    हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । 

    यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ८.७४ प्रतिशतका दरले गसर्माका छन् । बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले ७.९६ प्रतिशत, स्वोत–गंगा हाइड्रोका लगानीकर्ताले ७.६२ प्रतिशत र एनआईसि एसिया फ्लेक्स क्यापका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार