images
images

लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा, के–के छन् विशेषता ?

लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा, के–के छन् विशेषता ?

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा, के–के छन् विशेषता ?

    काठमाडौं / मेगाटेक ग्रुपले लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । 

    images
    images
    images
    images

    सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम सेभेन एक्स, नयाँ योगा र लिजिनको श्रृंखला सार्वजनिक गरेको हो ।

    मेगाटेक ग्रुपले सार्वजानिक गरेका एआई पावरड लेनोभो कन्ज्युमर पोर्टफोलियो अन्तर्गत योगा स्लिम सेभेनएक्स, योगा स्लिम सेभेनआई, योगा सेभने टु इन वान र लिजिइन फाइभ आईको नयाँ संस्करण रहेका छन् ।

    कार्यक्रमको मुख्य आकर्षण योगा स्लिम सेभेन एक्स थियो जुन पहिलो कोपाइलट प्लस पिसि रहेको उत्कृष्ट ब्याट्री दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ ।

    मेगाटेक ग्रुपका प्रबन्ध निर्देशक सुरेश लोहानीले मेगाटेक ग्रुप आइटी वितरण क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि विश्वासिलो नाम रहेको भन्दै लेनोभोको सहकार्यमा उत्साही रहेको उल्लेख गरे ।

    सो अवसरमा लेनोभोका लागि नेपालमा उत्कृष्ट व्यापार विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याउने शीर्ष १० साझेदारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार