images
images

दुई महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ७ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

दुई महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ७ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

भदौँसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गरेको छ भने प्रभु इन्स्योरेन्स सबैभन्दा कम आर्जन गरेको छ ।

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • दुई महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ७ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ७ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । 

    images
    images
    images
    images

    नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको भदौ महिनासम्ममा ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा बीमा कम्पनीहरूले ४ लाख २८ हजार ६८ वटा बीमा पोलिसी जारी गरेका छन् । 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स आर्जन गरे सबैभन्दा धेरै, कम प्रभु इन्स्योरेन्स

    यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको १३.०७ प्रतिशत हिस्सा ओगटेको हो । 

    यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमाशुल्क संकलन गरेको छ । भदौँसम्ममा कम्पनीले २९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ३.८० प्रतिशत हिस्सा ओगटेको हो ।

    अन्य कुन कम्पनीले कति ? 

    दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको १०.५० प्रतिशत हिस्सा ओगटेको हो । 

    तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ९.३४ प्रतिशत हिस्सा ओगटेको हो ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७.७८ प्रतिशत हिस्सा ओगटेको हो । 

    नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७.६० प्रतिशत हिस्सा ओगटेको हो । 

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७.४९ प्रतिशत हिस्सा ओगटेको हो । 

    राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७.०४ प्रतिशत हिस्सा ओगटेको हो ।

    त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ६.२२ प्रतिशत हिस्सा ओगटेको हो । 

    यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५.८८ प्रतिशत हिस्सा ओगटेको हो । 

    ओरिएण्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५.७२ प्रतिशत हिस्सा ओगटेको हो ।

    यता, नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५.६४ प्रतिशत हिस्सा ओगटेको हो । 

    सानिमा जिआइसी इन्स्योरेन्सले ३९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५.१३ प्रतिशत हिस्सा ओगटेको हो । 

    नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ४.८१ प्रतिशत हिस्सा ओगटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार