images
images

चुलबुले बालिकाको ‘भद्रगोल डायरी’

चुलबुले बालिकाको ‘भद्रगोल डायरी’

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • चुलबुले बालिकाको ‘भद्रगोल डायरी’

    काठमाडौँ / किशोर साहित्य कथा ‘भद्रगोल डायरी’ कथालय इन्कबाट हालै प्रकाशनमा आएको छ । नुस डोमबाइकको कथा र उनकै चित्र समावेश कथाको नेपाली अनुवाद हो ।

    images
    images
    images
    images

    यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । 

    यो आँटिली केटी समाजले छोरी मान्छेप्रति लादेको गलत भाष्य परिवर्तन चाहन्छे र दिनहुँजसो डायरीमा आफ्ना भाव व्यक्त गरिरहन्छे । 

    डायरीमा उसले आफूलाई नढाँटीकन प्रस्तुत गरेकी छ भने आफ्ना साथीभाइ र परिवारका सदस्यलाई पनि सहज रूपमा स्विकार गरेकी छ । ऊ केटाहरूको लुगा लगाउन चाहन्छे, केटा–विशेषले खेल्ने खेलमा रुचि राख्छे ।

    खासमा ऊ केटी मान्छे भनेर हियाउने परम्पराप्रति विद्रोह गर्न चाहन्छे । हतपती कपाल नकोर्ने, स्कुलबाट आएर युनिफर्म फुकालेर कोठामा जथाभावी राख्ने, मोजा नधुने तथा कोरीबाटी र शृंगारमा पनि ध्यान नदिने बबिनाले आफ्नो स्वभावमा परिवर्तन ल्याउली ? यसमा उनका साथीहरूले कत्तिको सहयोग गर्छन् रु यस्तै जिज्ञासा मेटाउने कथाले उसको मनोविज्ञानलाई पनि प्रस्तुत गरेको छ ।

    यस पुस्तकलाई बालिका थपलिया र जयप्रसाद लम्सालले अनुवाद गरेका हुन् । पुस्तकको सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् । १२६ पृष्ठ रहेको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार