images
images

बागमती प्रदेश सभाबाट हस्तकलाग्राम स्थापना तथा सञ्चालन विधयेक पारित

बागमती प्रदेश सभाबाट हस्तकलाग्राम स्थापना तथा सञ्चालन विधयेक पारित

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • बागमती प्रदेश सभाबाट हस्तकलाग्राम स्थापना तथा सञ्चालन विधयेक पारित
    images
    images

    काठमाडौँ / बागमती प्रदेश सभाबाट हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी विधयेक पारित भएको छ । हालै बागमती प्रदेशभित्रका ११९ पालिकाहरूमा ती पालिकाहरूको विशेषता र प्रकृति अनुरूपका हस्तकलाग्राम स्थापना गरी सञ्चालन गर्नको लागि बागमती प्रदेश सभाले यो विधेयक पारित गरेको हो ।

    हस्तकला क्षेत्रको दीर्घकालिन विकासको लागि ठूलो सम्भावना र अवसरको ढोका खोल्ने विश्वास गरिएको छ । 

    हस्तकला उद्योग ब्यवसायको दिगो विकासको लागि हस्तकला ग्राम स्थापना गरी सञ्चालन गर्नको लागि नेपाल हस्तकला महासंघले धेरै लामो अवधिदेखि नेपाल सरकार समक्ष पहल र पैरवी गर्दै आइरहेको थियो । 

    विधेयक पारित भएसँगै महासंघले एक विज्ञप्ति जारी गर्दै वार्षिक रूपमा नेपाली रुपैयाँ १२ अरब हाराहारीमा भारत, चीन लगायत तेश्रो मुलुकहरूमा निर्यात ब्यापार भई रहेको र झण्डै सोही परिमाणमा आन्तरिक कारोबार रहेको तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा गरी ११ लाख ब्यक्तिहरूले रोजगारी प्राप्त गरी रहेको हस्तकला उद्योग ब्यवसायको समष्टिगत विकास र बिस्तारका लागि हस्तकला ग्राम स्थापना एक कोशेढुङ्गा हुने जनाएको छ ।

    विधेयक पारित भएसँगै महासंघले हस्तकला ग्राम स्थापना तथा सञ्चालन विधयेक तयारीदेखि पारित हुँदासम्मको विभिन्न चरणहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने बागमती प्रदेश सरकारका वर्तमान मुख्यमन्त्रीबहादुर सिहं लामा (तामाङ), सभामुख भुवन कुमार पाठक, निवर्तमान तथा पूर्वमुख्यमन्त्री, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङ, निवर्तमान तथा पूर्व उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार एवं अन्य मन्त्री, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सभाका सम्पूर्ण सदस्यहरूलगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूलगायत सबैलाई महासंघले धन्यवाद ज्ञापनसमेत गरेको छ ।

    प्रस्तुत विधयेक पारित भएपछि विधयेक अन्तर्गतका कानून, नियमावली, र निर्देशिकाहरू तर्जुमाका साथै ग्राम स्थापनाको लागि आर्थिक श्रोत ब्यवस्थापन जतिसक्दो चाँडो हुने कुरामा पनि महासंघ आशावादी रहेको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार