images
images

नेपाल बैंकका ग्राहकहरूले दराजमा विशेष छुट पाउने, कुन भुक्तानीमा कति छुट ?

नेपाल बैंकका ग्राहकहरूले दराजमा विशेष छुट पाउने, कुन भुक्तानीमा कति छुट ?

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • नेपाल बैंकका ग्राहकहरूले दराजमा विशेष छुट पाउने, कुन भुक्तानीमा कति छुट ?

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका ग्राहकहरूले  अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । 

    images
    images
    images
    images

    बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएसँगै ग्राहकहरूले यस्तो सुविधा प्राप्त गर्ने भएका हुन् । 

    नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । 

    बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुट हुनेछ । 

    त्यस्तै, क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिनेछ । 

    छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्र्पक गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । 

    सो योजना असोज ११ गतेदेखि २१ सम्म लागू हुने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार