images
images

मनसुनी वायु र चापीय प्रणालीको प्रभाव कायमै : हावाहुरी र भारी बर्षाको सम्भावना कहाँ कहाँ छ ?

मनसुनी वायु र चापीय प्रणालीको प्रभाव कायमै : हावाहुरी र भारी बर्षाको सम्भावना कहाँ कहाँ छ ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • मनसुनी वायु र चापीय प्रणालीको प्रभाव कायमै : हावाहुरी र भारी बर्षाको सम्भावना कहाँ कहाँ छ ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 

    साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ।

    आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    त्यस्तै, देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    शुक्रबार पनि देशभर बदलीको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम बर्षाको सम्भावना र यसमध्ये कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । 

    साथै, तराई भूभागमा हावाहुरीको सम्भावना पनि रहेको छ। शनिबार सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने मौसमविद्ले जनाएको छ । 

    मौसमविद्का अनुसार बागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेश, सुदूरपश्चिम, कर्णाली प्रदेशका केही स्थानहरूमा भारी तथा अत्याधिक भारी बर्षा हुनेछ भने लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    धेरै भारी वर्षाको पनि सम्भावना रहेको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार