images
images

एक महिनामा नै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

एक महिनामा नै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • एक महिनामा नै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स् भित्रिएको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

    द्दद्द। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार