images
images

२ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ३० अर्ब ८ करोड बीमाशुल्क, कुन कम्पनीको कति ?

२ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ३० अर्ब ८ करोड बीमाशुल्क, कुन कम्पनीको कति ?

नेपाल बीमा प्राधीकरणको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीहरूले साउनदेखि भदौँ मसान्तसम्मको अवधीमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • २ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ३० अर्ब ८ करोड बीमाशुल्क, कुन कम्पनीको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । 

    images
    images
    images
    images

    नेपाल बीमा प्राधीकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले साउनदेखि भदौँ मसान्तसम्मको अवधीमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

    यस अवधीमा १४ जीवन बीमा कम्पनीहरूले १ करोड ३४ लाख १२ हजार १३३ वटा बमिा पोलिसी बिक्री गरेका छन् । 

    सबैभन्दा धेरै आर्जन गर्यो नेपाल लाइफले, सन लाइफले सबैभन्दा कम 

    दुई महिनाको अवधीमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३०.०४ प्रतिशत हिस्सा ओगटेको छ । 

    यस्तै, भदौँ मसान्तसम्ममा सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ७७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २.५९ प्रतिशत हिस्सा ओगटेको छ ।

    अन्य कुन कम्पनीले कति ? 

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पछि दोस्रोमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन नेशनल लाइफ इन्स्योरेन्स गरेको छ । कम्पनीले ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११.९१ प्रतिशत हिस्सा ओगटेको हो । 

    तेस्रोमा एलआइसी रहेको छ । कम्पनीले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १०.९९ प्रतिशत हिस्सा ओगटेको छ ।

    हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १०.३१ प्रतिशत हिस्सा ओगटेको छ । 

    सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६.१३ प्रतिशत हिस्सा ओगटेको छ । 

    एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४.८९ प्रतिशत हिस्सा ओगटेको छ । 

    सिटिजन लाइफले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४.२५ प्रतिशत हिस्सा ओगटेको छ ।

    यता सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.६८ प्रतिशत हिस्सा ओगटेको छ । 

    राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.५४ प्रतिशत हिस्सा ओगटेको छ । 

    मेट लाइफले ९६ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.१९ प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २.९० प्रतिशत हिस्सा ओगटेको छ । 

    रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २.८४ प्रतिशत हिस्सा ओगटेको छ । 

    आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २.७४ प्रतिशत हिस्सा ओगटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार