images
images

नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

    काठमाडौँ / नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

    images
    images
    images
    images

    मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

    बाटो बन्द हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। 

    शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।

    जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार