images
images

कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल

कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल

    काठमाडौँ / मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । 

    images
    images
    images
    images

    मन्त्रालयले मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । 

    मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको जानकारी दिएका हुन्।

    कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको उनले बताए । 

    उनले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेका छन् । 

    ढोका खोल्दा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने हुँदा उच्च सर्तकर्ता अपनाउन उनले आग्रह गरेका छन्।

    यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन् । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार