images
images

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

    काठमाडौँ / मेलम्ची खानेपानी विकास समितिले दसैँअघि नै काठमाडौँ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप अनिश्चित भएको छ ।

    images
    images
    images
    images

    समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताए । 

    उनले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठुलो क्षति भएको नदेखिएको जानकारी दिए । 

    समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठुलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले सुनाए । 

    “मेलम्ची नदीमा भने धेरै बाढी गएको छ । त्यसको प्रभाव सुरुङभित्र कति पर्‍यो भनी प्राविधिक अध्ययन हुन बाँकी छ । यो अध्ययन सकेपछि मात्र राजधानीमा मेलम्चीको पानी आउने दिन निश्चित गर्नेर्छौं”, उनले भने । 

    मेलम्ची नदीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउने र त्यसपछि राजधानीवासीले राहत पाउने विश्वास गरिएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार