images
Logo
images
images
images

११४.७० अंकले बढेयो नेप्से, १५ वटै फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट, कसले कति कमाए ?

११४.७० अंकले बढेयो नेप्से, १५ वटै फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट, कसले कति कमाए ?

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • ११४.७० अंकले बढेयो नेप्से, १५ वटै फाइनान्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट, कसले कति कमाए ?

    काठमाडौँ / सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से परिसूचक १६० अंकले बढेको छ। सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको हो । 

    images
    images
    images
    images

    मंगलबार नेप्सेले २६ सयको विन्दु पार गरेको हो। यसदिन नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ। आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।

    सोमबार तीन अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब ६१ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ९० करोड रूपैयाँ वृद्धि भएको हो।

    आज ३०७ वटा धितोपत्रको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने एकको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    सबै उपसमूहको सूचक बढ्यो 

    आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा लगानी समूहको परिसूचक ६.१० प्रतिशतले बढेको छ। बैंकिङ ३.८२, विकास बैंक ५.४८, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढेको छ।

    एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार

    मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३३५ रूपैयाँमा २८ करोड ८२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२७ रूपैयाँमा २३ करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    नेपाल फाइनान्सका २० करोड ७२ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरका १९ करोड ७२ लाख रुपैयाँ, अपी पावरका १८ करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टका १२ करोड ३८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरका १३ करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरका १३ करोड ३३ लाख रुपैयाँ, कुमारी बैंकका ११ करोड ७२ लाख रुपैयाँ र गुडविल फाइनान्सका १० करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

    यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हाल कारोबारमा रहेका १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । 

    एनएमबि फिफ्टीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार