सिटिजन लाइफद्वारा कर्मचारीहरूलाई व्यक्तित्व विकास तालिम आयोजना, ६० जनाभन्दा बढी कर्मचारी सहभागी

सिटिजन लाइफद्वारा कर्मचारीहरूलाई व्यक्तित्व विकास तालिम आयोजना, ६० जनाभन्दा बढी कर्मचारी सहभागी

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • सिटिजन लाइफद्वारा कर्मचारीहरूलाई व्यक्तित्व विकास तालिम आयोजना, ६० जनाभन्दा बढी कर्मचारी सहभागी
    images
    images

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम आयोजना गरेको छ । विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको सिटिजन लाइफले ललितपुर, धोबिघाटस्थित सिद्धार्थ कटेजमा कम्पनीका प्रधान कार्यालका कर्मचारीहरूका लागि प्रशिक्षण कक्षाहरू सञ्चालन गरिएको हो । 

    images
    images

    कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संस्थाको वृद्धि-विकासका लागि त्यस संस्थाका कर्मचारीहरूले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकाससँगै कर्मचारीहरूको पनि बराबर प्रगती हुनुपर्दछ भन्ने सोच राख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूका लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ ।” 

    कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगारिका के.सी.को उपस्थिती रहेको थियो । यस तालिम कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरूले प्रशिक्षण लिएका थिए ।1.JPGकार्यक्रममा विशेषगरी समय व्यवस्थापन, नेतृत्व, सञ्चार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण विषयहरूमा तालिम प्रदान गरिएको थियो ।

    सोही यसै कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि.सी.द्वारा उपस्थित कर्मचारीहरूलाई प्रेरणागत रूपमा आगाडी बढ्नका लागि रणनीतिहरू सिकाइएको थियो । 

    कार्यक्रमको समापनका क्रममा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक राज पौडेलले सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे । साथै, उनले आउँदो दिनहरूमा यस तालिममा सिकेका कुराहरूले अझै मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com