images
images

नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई आर्थिक सहयोग, स्वच्छ वातावरण प्रवर्द्धनमा सहयोग पुग्ने

नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई आर्थिक सहयोग, स्वच्छ वातावरण प्रवर्द्धनमा सहयोग पुग्ने

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई आर्थिक सहयोग, स्वच्छ वातावरण प्रवर्द्धनमा सहयोग पुग्ने
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड (NSBL) ले बरगाछी–रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा बृक्षरोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ । 

    images
    images

    सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले यस्तो सहयोग गरेको हो । 


    उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर,  नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार