images
Logo
images
images
images

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

    काठमाडौँ / लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रूपमा  नियुक्त गरेको छ । हिल्टन काठमाडौँमा आज आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो । 

    images
    images
    images
    images

    उक्त कार्यक्रममा क्रिकेटरहरू, खेलाडीहरू र पत्रकारहरू र खेल प्रेमीहरू उपस्थित थिए । 

    यसबारे बोल्दै कोच गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रूपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरूसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्देश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।” 

    त्यसैगरी क्लबका चेयरम्यान ईश्वर जिसीले भने, “शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । वहाँँ धेरै युवा खेलाडीहरूको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर वहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पु-याउनेछ ।”

    त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्काले पनि भने, “शक्ती गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठुलो उपलब्धी हो । उहाँँको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरूलाई प्रोत्साहन र हौसला मिल्नेछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार