images
Logo
images
images
images

गायक संजय चौधरीको ‘माया’ सार्वजनिक

गायक संजय चौधरीको ‘माया’ सार्वजनिक

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • गायक संजय चौधरीको ‘माया’ सार्वजनिक

    गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । ‘माया’बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । 

    images
    images
    images
    images

    किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । 

    रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । 

    हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँ पुस्ताहरूले प्लायट्फर्मको लागि भौतारीरहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत ‘माया’मा लन्च गरेको छु । उनीहरूको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ 

    गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए ।

    यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार