images
images

आज अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • आज अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज मङ्गलबार अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढेको छ । विदेशी मुद्राको विनिमय दर अनुसार मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा पुगेको छ । यसअघिको तुलनामा डलरको भाउ आज सामान्य बढेको हो । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७७ पैसा र युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा तोकिएको छ । 

    सिङ्गापुर डलर एकको खरिद दर १०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

    यसैगरी, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ र ०१ पैसा पर्नेछ । 

    त्यस्तै, राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५७ रुपैयाँ १९ पैसा तोकेको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार